प्रेस चौतारी नेपाल पर्सा शाखाद्वारा आयोजित प्रवेश कार्यक्रम आज वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साको भवनमा सम्पन्न भएको छ।
“समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म” भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न सञ्चार संस्था तथा पत्रकारिता क्षेत्रसँग आबद्ध व्यक्तिहरू चौतारीमा आवद्ध भएका छन्। कार्यक्रममा सहभागीहरूले प्रेस स्वतन्त्रता, पेशागत मर्यादा तथा जिम्मेवार पत्रकारिताको आवश्यकतामाथि जोड दिएका थिए।

कार्यक्रममार्फत दीपेन्द्र शर्मा, मिलेन्द्र साह, जितेन्द्र पटेल, ओम शंकर साह, रोहित झा, गौरी शंकर, राजु बरठ, रोशन पटेल, चन्द्रशेखर पटेल, रियाज मंसूरी, प्रकाश पटेल, आर.बी. श्रीवास्तव, सन्तोष नेपाल, अमित सीए, प्रदीप चौधरी, रिवाज मंसूरी, दिनेश मिश्रा, सन्चा अर्याल, संजय यादव, संजय कुशवाहा, नस्रोदोन मंसुरी, मिथिलेश ओझा, रुस्तम देवान, अभिलाष गुप्ता, अभिनिश गिये, प्रेम सराफ, विजय सराफ, राम निवास पटेल, मो. जाकर मिया, करण सराफ, प्रतिप चौधरी, आस महम्मद, अर्जुन सराफ, नितेश यादव, बिमला गुप्ता लगायतले प्रवेश गरेका |
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य प्रभु हजारा प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय कुमार सरावगी, एमाले पर्सा अध्यक्ष डा. विश्वम्भर शर्मा, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा संयोजक केसी लामिछाने, प्रेस चौतारी नेपाल मधेश प्रदेश इन्चार्ज अच्युत पौडेल, मधेश प्रदेश अध्यक्ष लाल बाबु सेक, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारी नेपाल पर्सा इन्चार्ज तुलसी भण्डारी, नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव एसके चौरसिया लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।
शाखाले आगामी दिनमा पत्रकारहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको संचालन प्रेस चौतारी नेपाल मधेश प्रदेशका सचिव ग्यासु मिया देवानले गरेका थिए ।