वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा वीरगन्ज महानगरपालिकाको आमसञ्चार प्रवद्र्धन तथा नियमन समितिले बिहीबार थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको छ।
बिहीबार आयोजित एक कार्यक्रमबीच महानगरका मेयर राजेशमान सिंहले नवमनोनित सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गर्दै समितिको पूर्णतासँगै महानगरको सूचना प्रणाली अझ सुदृढ र व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
उनले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण अंग भएकाले यस क्षेत्रसँग सहकार्य र समन्वयलाई उच्च प्राथमिकतामा राखिने उल्लेख गर्दै समितिका सबै सदस्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।
समितिका सदस्यहरूमा क्रान्ति साह, अमित साह, लक्ष्मी खरेल, जितेन्द्र साह, कन्हैया प्रसाद कलवार ९गुप्ता०, विरेन्द्र कुमार साह, निर बहादुर पिठाकोटे, ग्यासु मियाँ देवान, अर्जुन प्रसाद गुप्ता, छेदी राम तथा मनोज कुमार पटेल रहेका छन्।
समितिको मुख्य दायित्व महानगरपालिका र सञ्चारमाध्यमबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै प्रभावकारी समन्वय कायम गर्नु, सूचना प्रवाहलाई पारदर्शी, सहज र समयमै जनतासम्म पु¥याउनु तथा आमसञ्चार क्षेत्रसँग सम्बन्धित नीति, नियमन र सुधारका विषयमा आवश्यक सुझाव प्रदान गर्नु रहेको छ।
समितिको गठनसँगै वीरगन्ज महानगरपालिकाले सूचना प्रवाह प्रणालीलाई अझ व्यवस्थित, जवाफदेही र जनमुखी बनाउने अपेक्षा गरिएको छ।
साथै, सञ्चार क्षेत्रसँगको सहकार्यलाई संस्थागत गर्दै स्थानीय सरकारका गतिविधिहरूलाई विश्वसनीय र प्रभावकारी ढंगले आमनागरिकसम्म पु¥याउन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।