बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको विपिएस प्लस टु कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आज स्थानीय होटल भिसुवामा एक समारोहको बीच भव्य रुपमा विधाई समारोह सम्पन्न भएको छ।
विपिएस+2 कलेजका डाइरेक्टर दीपक पटेलको सभापतित्व तथा जनपथ प्रहरी कार्यालय मधेस प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाको प्रमुख अतिथिमा सो विदाई समारोह सम्पन्न भएको हो। विदाई समारोहको उद्घाटन गर्ने क्रममा समाजको शान्ति स्थापना गर्न प्रहरी एक्लैले गर्न नसक्ने भएकोले यसका लागि सबै तह र तपकाका व्यक्तिहरूको सहकार्य र सहयोगमा अपराध नियन्त्रण र शान्ति अमनच्यान गर्न सकिने धारणा राख्नुभएको थियो।
उनले भने अहिले विद्यार्थी जीवनमा केवल अध्ययनको मात्र आवश्यकताले नपुग्ने त्यसका लागि अतिरिक्त क्रियाकलापको पनि उत्तिकै महत्वपूर्ण रहने वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाको भनाइ रहेको छ उनले भने हालै see परीक्षा बाट आएको कम नतिजाले कलिलोमै आफ्नो जीवन परित्याग गर्नुले विद्यार्थीहरूमा काउन्सेलिङको अति आवश्यक रहेको भन्दै पहिला आफ्ना अभिभावकहरूले आफ्ना बालबालिकाहरू के कस्तो अवस्थामा उनीहरूको जीवन बुझिरहेको छ भन्ने विषयमा बेलाबखत जानकारी लिन अति आवश्यक रहेको र त्यसपछि विद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिकाहरु र अन्तमा समाजको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने भएकोले यस्ता घटनाबाट जोगाउन सचेत हुन अति आवश्यक रहेको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाको आशय रहेको छ।
उनले भने अहिले समाजमा १५ वर्षदेखि ३० वर्षभित्रका त्रिनेटि युवा तथा युवतीहरू बढी मात्रामा लागू पदार्थ सेवनमा संलग्न भएकोले यस्ता गतिविधिहरू समयमा रोक्न अति आवश्यक रहेको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले धारणा राख्नुभएको थियो। उहाँले अर्को प्रसङ्गमा विद्यार्थीहरूलाई सुझाव दिँदै उच्च शिक्षाको लागि विद्यार्थीहरू विदेश पढ्न जानु वा भ्रमण तथा रोजगारीको सिलसिलामा विदेश जानु परेको खण्डमा प्रहरीको रिर्पोटअनिवार्य भएकोले त्यो अवस्थामा कुनै पनि विद्यार्थीहरू प्रहरीको नियन्त्रणमा वा मुद्दा चलेको खण्डमा त्यस्ता विद्यार्थीहरू काहीँ पनि जान नसक्ने भएकोले बेलैमा सचेत रहन अति आवस्यक रहेको धारण राख्नु भएको थियो ।
विद्यार्थीहरूले आफ्नो भविष्य सँगसँगै कलेजको नाम र आफ्ना अभिभावकहरूको उद्देश्य पूरा गर्न यस्ता गलत गतिविधिमा नलाग्न अनुरोध समेत गर्नुभएको छ। बिपिएस ±2 कलेजका प्रिन्सिपल प्रभात मेहताले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि कलेजका सञ्चालक सन्दीप कुशवाहाले गर्नुभएको थियो विदाई समारोह कार्यक्रममा अनिल वर्णवाल हरेन्द्र कुशवाहा गायक सुनिल पण्डित तथा तथा शिक्षक शिक्षिकाहरूको विशेष उपस्थिति रहेको थियो ।
विदाई समारोहमा कलेजका डाइरेक्टर दीपक पटेल र सञ्चालक सन्दिप कुशवाले विद्यार्थीहरूलाई मायाको चिनोले सम्मानित गर्नुभएको थियो। विदाई समारोहमा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीत संगीतहरु प्रस्तुत समेत गरेका थिए कार्यक्रमको सहजीकरण विद्यार्थी द्वय इश्राना खातुन र शुधान्जली मेहताले गरेकी थिइन् ।