जेठ २०८३ – “Start Early, Protect Vision for Life” भन्ने नाराका साथ मे १८ देखि २४ सम्म मनाइने World Myopia Awareness Week 2026 को अवसरमा बिरगंजमा विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम घण्टाघर , मकालु होटल, घडीअर्वा पोखरी तथा घण्टाघर मा आएर काेण सभामा परिणत भएकाे थियाे । कार्यक्रमको मुख्य आयोजक विरगन्ज दृष्टि आखा तथा नाक कान घाँटी अस्पताल रहेको थियो भने नारायणी आखा अस्पलात , सिद्धि आइ केयर सेन्टर को सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका विशेषज्ञ वक्ता डा. विपिन विष्ट , डा .आदित्य प्रसाद ले मायोपिया सम्बन्धी जानकारी प्रदान गर्नुभएको थियो। वक्ताहरूले बालबालिकामा मायोपिया (नजिकको दृष्टिदोष) तीव्र रूपमा बढ्दै गएको बताउँदै समयमै पहिचान र उपचार आवश्यक रहेको उल्लेख गर्नुभयो। अत्यधिक मोबाइल, ट्याबलेट तथा कम्प्युटरको प्रयोग, लामो समय नजिकबाट अध्ययन गर्ने बानी तथा बाहिरी खेलकुदको कमीका कारण बालबालिकामा मायोपिया वडने गति छिटो हुने गरेको जानकारी दिइयो।
समयमै आँखा परीक्षण, उचित चस्मा प्रयोग तथा नियमित फलोअपले दृष्टि सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरूले बताएका छन्। कार्यक्रममा स्थानीय सर्वसाधारण, विद्यार्थी, अभिभावक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक तथा मायाेपिया विशेषज्ञ वसन्त पाैडेल ले सचेतनामूलक अभियानले बालबालिकाको दृष्टि संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। आयोजक संस्थाकाे तर्फवाट दृस्टि आखा तथा नाक कान घाँटी अस्पतालका अध्यक्ष विश्वराज गाैतमले सहमागि सम्पुर्ण लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि आँखासम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।