मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन । गत ११ गते बन कर्मचारीले गरेका अमर्यादित र अबैध ब्यबहारका कारण उत्पन्न भएको परिस्थितिको कारण राज्य पक्षले गल्ती स्वीकार गर्दै माफी माग्दा समेत आफुहरुलाई बिभिन्न आरोप लगाएर दोषारोपण हुने खालको सन्देश प्रबाह भएकोमा आपत्ति जनाएका हुन ।
हिजो बद्रिबास स्थित होटल गौतममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के सी लामिछाने, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, सदस्य त्रिलोकि यादबसँग भए छलफलमा उनीहरुले उक्त गुनासो गरेका हुन ।
सो अवसरमा होटल तथा पर्यटन ब्याबसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम, महोत्तरी जिल्लाका अध्यक्ष गुञ्जबहादुर कार्की र प्रदेश तथा जिल्लाका पदाधीकारीहरुको सहभागिता रहेको थियो । हिजै गत ११ गते बर्दिबास ३ स्थित कालापानीमा भएको घटनालाई लिएर बृहद छलफल पछि बिज्ञप्ती मार्फत होटल तथा पर्यटन ब्यबसायी संघले प्रेस बिज्ञप्ती मार्फत आफ्नो धारणा सार्वजानकी समेत गरेको छ ।
महोत्तरी जिल्लाका अध्यक्ष गुञ्जबहादुर कार्कीले हस्ताक्षर गरि जारी गरेको बिज्ञप्तीमा कालापानीमा भएको आन्दोलत पछि बर्दिबासमा रहेको पानस होटल र भण्डारी होटलका संचालक माथि गरिएको दोषारोपणसहितको समाचार केही मिडियामा आउनु भनेको सत्यलाई लुकाउने र भ्रम सृजना गर्ने खालको भएको हुनाले गम्भिर आपत्ती जनाइएको छ ।
बिज्ञप्तीमा १२ गते बर्दिबासका नपाका जन प्रतिनिधी, सुरक्षा कर्मी सरकारी अधिकारी समेतको सहभागितामा सम्पन्न भएको बैठकले बन कर्मचारीले बेलुकाको समयमा घरमा पुगी लाल पुर्जा माग गर्ने र दशर्कौ देखि बसोबास गरेको घरमा खाली गर्न दिएको धम्की दिनु गल्ती भएको स्बीकार गर्दै बन प्रमुख अजय मिश्रले माफी माग्दा समेत आफुहरु माथि अनेक खालको आरोप लगाउँदा चरित्र हत्या भएको कुरा उल्लेख गरिएको छ ।
त्यस्तै अनावश्यक भ्रम सृजना हुने र बन कार्यलयमा कार्यरत ७ जना कर्मचारीलाई जिउँदै जलाएर हत्या गर्न खोजिएको भनी समाजिक संजालमा गरिएमो पोष्टप्रति समेत गम्भिर आपत्ति जनाउँदै दोषी माथि कारवाहीका्े माग समेत गरिएको । यसैबीच होटल तथा पर्यटन ब्याबसायी संघ मधेश प्रदेशका अध्यक्ष समेत रहेका हिरा लाल गौतमले राज्यले गल्ती स्वीकार गर्दा पनि ब्याबसायी र होटलहरुलाई पुर्वाग्रहपूर्ण रुपमा आरोप लगाउनुको कारणको खोजीले राज्यले गर्नुपर्ने प्रतिक्र्रिया दिनभयो ।