बीरगंज महानगरपालिका वडा नम्बर १० आदर्श नगरमा रहेको आदर्श स्कुलमा अध्ययनरत मन्टेश्वरी प्रेरणा गरेका विद्यार्थीहरूको आज दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएको छ।
आदर्श स्कुलका प्रिन्सिपल रामविनोद पण्डितको सभापतित्व तथा मानवसेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवको प्रमुख आतिथ्यमा सो दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएको हो।
उद्घाटन गर्दै मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवले विद्यार्थी जीवनमा यस्ता अतिरिक्त क्रियाकलापहरु मार्फत आफ्नो उज्ज्वल भविष्य तर्फ अगाडि बढ्नमा अभिभावक शिक्षक शिक्षिका तथा समाजको पनि उत्तिकै महत्वपूर्ण योगदान रहने धारणा राख्नुभएको थियो।
उनले भने समाजको परिवर्तनले पनि नानीहरूको भविष्य उज्ज्वलतर्फ अग्रसर हुने र राम्रा शिक्षा दिक्षा पाएको खण्डमा उसले आफ्नो निश्चित लक्ष्य पूरा गर्न सक्ने भएकोले उनीहरुलाई शान्त वातावरणमा हुर्काउने जिम्मेवारी अभिभावक र शिक्षक शिक्षिकाको महत्वपूर्ण योगदान रहने धारणा राख्नुभएको थियो।
दीक्षान्त समारोहको स्वागत मन्तव्य आदर्श स्कुलका सञ्चालक हरिरत्न तुलाधरले विद्यार्थीहरूको लागि आफूहरूले गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि उत्तिकै महत्वपूर्ण ध्यान दिइरहेको अभिभावकहरुलाई उहाँले जानकारी दिनुभएको थियो।

उनले भने विद्यार्थीहरुलाई आफूहरुले कसरी सक्षम र नेतृत्वदायी भूमिकामा अग्रसर हुन सकोस् भन्ने हाम्रो उद्देश्य रहेकोले अभिभावकहरूले पनि सोही अनुसार बुझ्न आग्रह गर्नुभएको थियो।

समारोहमा विद्यार्थीहरूले आआफ्नो नृत्य प्रस्तुति गर्नुका साथै सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो कार्यक्रमको सहजीकरण शिक्षिकाहरू सिम्रन गुप्ता पूजा गुप्ता र विद्यार्थीहरू सजिया प्रवीण अनुज मिश्रा गरेका थिए दीक्षान्त समारोहमा अभिभावक विद्यार्थी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।