सिप सिकौँ रोजगार बनाउँ भन्ने मूल नाराका साथ नारी शिल्प कला केन्द्र बीरगंज ११ को आयोजना तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ वडा कार्यालयको आर्थिक सहयोगमा दुई महिने सिलाई कटाई तालिम आज एक समारोहको बीच सम्पन्न भएको छ।

नारी शिल्प कला केन्द्र अध्यक्ष सीता ढकालको सभापतित्व तथा बीरगंज महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अजय चौरसियाको प्रमुख अतिथिमा सो २ महिने तालिम सम्पन्न भएको हो।

तालिमको समापन समारोहमा तालिममा सहभागी भएकाहरूलाई प्रमाणपत्र वितरण गर्दै वडा अध्यक्ष चौरसियाले तालिममा सिकेका सीपहरूलाई व्यवहारमा ल्याउन आग्रह गर्नुभएको थियो।
उहाँले भने आगामी दिनमा पनि महिलाहरूको लागि आफ्नो वडामा यस्ता विभिन्न खाले तालिमहरू ल्याउने र महिलाहरूलाई दक्ष बनाउदै आय आर्जन गरी आफ्नो आत्मनिर्भर हुने खालका सीपमूलकहरू ल्याउने प्रतिबद्धता जनाउनुभएको छ।

उनले भने केवल तालिम मात्र लिएर नहुने यसको सदुपयोग गर्न व्यवहारमा ल्याएर अरुलाई पनि सिकाउने र आफू पनि दक्ष प्रशिक्षक भएर काम गर्न अपिल गर्नुभएको थियो। त्यसैगरी तालिमको समापन समारोहमा वडा सचिव उमेश शर्माले महिलाहरूका लागि वडाबाट छुट्याइएका बजेटहरूको सदुपयोग गर्दै आत्मनिर्भर बन्न आग्रह गर्नुभएको थियो।
त्यसैगरी नारी शिल्प कला केन्द्र बीरगञ्जका कोषाध्यक्ष कलावती देवीले महिलाहरूलाई सशक्तिकरण र शिप विकास तथा क्षमता अभिवृद्धिका लागि गरिएको उक्त तालिम बाट महिलाहरुलाई आय आर्जनमा टेवा पुग्ने उद्देश्यले यस्ता तालिमहरु आयोजना गरिएको नारी शिल्पकला केन्द्रका कोषअध्यक्ष कलावती देवीको भनाई रहेको छ।
तालिमको समापन समारोहमा वडा सदस्यहरू मुस्तकिम हावारी सलमा खातुन गौतमी देवी जगन महत्तो र नारी शिल्प कला केन्द्रका सदस्यहरू सविता देवी सरस्वती हजारा पार्वती ठकुरी लगायतको उपस्थित रहेको थियो! तालिम अवधिभर पार्वती ठकुरीले दिएकै थिइन् । तालिममा ३५ जना महिलाहरूको सहभागिता रहेको थियो।
तालिमको समापन समारोहमा अध्यक्ष सीता ढकालले को स्वागत मन्तव्य पार्वती ठकुरीले थिइन् भने कार्यक्रमको संचालन पत्रकार जगत राईले गरेका थिए ।