विश्व वातावरण दिवस २०८३ (२०२६) को अवसरमा नेपाल इनोभेटिभ सोसाइटीको आयोजनामा वीरगंज नर्सिङ क्याम्पसका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि “जलवायु परिवर्तन तथा दिगो विकास” विषयक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा करिब ८० जना विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रशिक्षण सत्रको सहजीकरण नेपाल इनोभेटिभ सोसाइटीका संस्थापक सदस्य तथा ग्रीन टिभेट (Green TVET) का मास्टर ट्रेनर अफ ट्रेनर्स अनिल जायसवालले गर्नुभएको थियो।
सहजीकरणका क्रममा जायसवालले जलवायु परिवर्तनका वर्तमान चुनौती, त्यसका कारण उत्पन्न भएका प्रभाव तथा दिगो विकासका लागि अवलम्बन गर्नुपर्ने रणनीतिबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले जलवायु परिवर्तनले मानव जीवन, स्वास्थ्य, कृषि तथा वातावरणमा पारिरहेको असरबारे जानकारी गराउँदै वातावरण संरक्षणमा युवा पुस्ता, शैक्षिक संस्था तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता वीरगंज नर्सिङ क्याम्पसकी प्रमुख डा. कल्पना पौडेलले गर्नुभएको थियो। उहाँले भने वातावरण भने भएकोले यसको संरक्षण र सम्बर्धन गर्न हामी सबैको उत्तिकै महत्वपूर्ण रहने धारणा राख्नुभएको थियो। समापन मन्तव्य व्यक्त गर्दै उनले वातावरण संरक्षण, हरित जीवनशैलीको प्रवर्द्धन तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्न सबै पक्षको सामूहिक प्रयास अपरिहार्य रहेको कार्यक्रम सञ्चालन क्याम्पसकी कर्मचारी रचना ग्यावलीले गरेकी थिइन्।
कार्यक्रममा विशिष्ट अतिथि प्याप्सन महानगर सदस्य तथा नेपाल innovatic society पर्साका सहसचिव बिजय बल श्रेष्ठ नारायण चौधरी रजिना शाक्य रुबी शाह इन्दिरा चौरसिया सुजिता कायस्त मुन्ना पोखरेल अन्जु कुमारी महत्व चाँदनी ओझा। लगायतको उपस्थित रहेको थियो।