संस्थागत सामाजिक उतरदात्यिव अन्तर्गत परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्सा बीरगंजले शुक्रबार बीरगंज महानगरपालिका वडा नम्बर १५ भेडियारीमा रहेको श्री हरिहर सरार्फ चम्पादेवी आधारभूत बिधालयमा बालविकास देखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा ब्याग वितरण गरेको छ।
परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षता तथा बीरगंज महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादवको प्रमुख आतिथ्यमा सो शैक्षिक सामाग्री तथा ब्याग वितरण गरिएको हो । प्रमुख अतिथि वडा अध्यक्ष यादवले स–साना पुँजीलाई एकीकृत गरेर बचत गर्ने सर्वसाधारणका लागि यो सहकारी संस्थाले आज सामाजिक उतरदात्यिव निभाउनु पर्ने काममा अग्रसर भएकोमा बधाई तथा धन्यवाद दिनुभएको छ।
सहकारी क्षेत्रमा बैंकभन्दा धेरै सजिलो र जनताको काम छरितो तरिकाले गरिरहेकोमा प्रशंसा समेत वडा अध्यक्ष यादवले गर्नुभएको थियो ।उनले भने सामान्य ब्यक्तिहरुले बैंकसम्म पुग्ने वातावरण नभएको खण्डमा सहकारी मार्फत आफ्नो कारोबार गदै आइरहेको र धेरै ब्यक्तिहरुले सहकारी मार्फत घर परिवार चलाउने काम भएको बताए ।
त्यसैगरी संस्थाका पुर्व अध्यक्ष एवम् अधिक्ता शालिकराम प्रसाद कानुले भने आफ्नो सहकारी संस्था सानो भए पनि जिम्मेवारी भने ठूलो गदै आइरहेको बताएका छन् ।उनले भने हामीले यस्ता सामाजिक काम हरेक वर्ष गर्ने क्रममा यो वर्ष यस बिधालयमा अध्यापन गरिरहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा ब्याग वितरण गरेका छौं भनेर बताएका हुन । छरिएर रहेको पुजीलाई एकैठाउमा जम्मा गरि ठूलाठूला उपलब्धिहरु हासिल गर्ने काममा सहयोग पुराउने काम गरेको पुर्व अध्यक्ष कानुले बताए ।त्यसैगरी संस्थाका ब्यावस्थापक मुन्ना ठाकुरले भने हामी विपन्न गरिव तथा जेहेन्दार परिवारका बालबालिकाहरुलाई यस्ता शैक्षिक सामाग्री वितरण गर्नुका साथै आयआर्जनका लागि ऋण उपलब्ध गराउने काममा मद्दत गदै आइरहेको बताएका छन् ।
शैक्षिक सामाग्री तथा ब्याग वितरण कार्यक्रममा परिवार बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सुनिल श्रेष्ठ, कोषाध्यक्ष संजय श्रेष्ठ, पुर्व प्रबन्धक ध्रुव नारायण श्रेष्ठ, आर्थिक सदस्य दिपेन्द्र गोविन्द बैध, वडा सदस्य उदयनाराण कुशवहा, सुन्दर श्रेष्ठ ,कर्मचारीहरु अस्मिता श्रेष्ठ ,सिखा क्षेत्री ,मैयाँ कार्की ,बिधालय ब्यवस्थापन समितिका अध्यक्ष हिदयनारायण सरार्फ, प्रअ अनिरुद्र प्रसाद कुशवाहा लगायतको उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण परिवार बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिका सचिव राजेश बहादुर श्रेष्ठले गरेका थिए।