जगत राई
सहकारीको समसमायीक बिषय सम्बन्धि छलफल कार्यक्रम शनिबार बीरगंज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिस्को सभा हलमा सम्पन्न भएको छ। जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्सा बीरगंजको आयोजनामा भएको सहकारीको समसमायीक बिषयमा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र ढकालले अहिले सरकारले सहकारी संस्थालाई घेराबन्दीमा पार्न त खोजिएको होइन भन्ने बारेमा आवश्यक छलफल तथा रणनीति हामीले पनि बनाउन आवश्यकता रहेको बताए ।
हिजोका दिनमा पनि विभिन्न नियम ऐन कानुनहरु आएका हुन तर आतिहाल्नु पर्ने डर नभएको राम्रो कानुनहरुलाई मान्दै संशोधन गर्नुपर्ने ठाउँमा संघले डबाव दिने ढकालले बताएका छन् ।उनले भने हामीले पहिला आफ्नो संस्थालाई कसरी बलियो बनाउने भन्ने बारेमा चिन्ता लिनुपर्ने र बितिय कारोबारलाई सुरक्षित बनाउदै सदस्यताहरु धेरै भन्दा धेरै बनाउनुपर्ने अध्यक्ष ढकालले बताएका हुन ।
छलफल कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका वरिष्ठ उपाध्यक्ष जिष्णु बराल,निवर्तमान अध्यक्ष राजेश पण्डित ,शिवम बचत तथा ऋण सहकारीका राजेन्द्र जैसवाल ,संघका ब्यवस्थापन उपसमिति सदस्य दिल्ली बिक्रम कार्की ,श्रीकान्त पटेल ,सुरेश महतो कोइरी,सनराइज नेपाल बचत तथा ऋण सहकारीका दिपकराज भन्डारी,गगन बचत तथा ऋण सहकारी संस्थाका संचालक सचिव जौलाक ईमाम,विपत चौधरी ,अर्जुन क्षेत्री ,मोनु पटेल लगायत विभिन्न ६० वटा भन्दा धेरै सहकारी संस्थाका संचालक तथा प्रबन्धक लगायतको उपस्थित रहेको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका अध्यक्ष हरेराम पटेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण संघका सचिव नरेश चौरसियाले गरेका थिए।