सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा साइबर अपराध सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्ज–१६ नगवामा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रहरी निरिक्षक चौलागाईंले स्कुलका कक्षा ८ र ९ मा अध्ययनरत ७६ जना बिधार्थिहरुलाई वृत्तचित्रको प्रदर्शन गरि साइबर अपराध कसरी हुने र त्यसबाट हुने समस्या, हानि नोक्सानीहरुको बारेमा बताएको थियो । ऐन कानुनमा , त्यसको जरिवाना र सजायहरु के कति छन र त्यसबाट कसरी जोगिन सकिन्छ भनी सामाधानहरुको बारेमा व्यापक रुपमा बताउदै प्रशिक्षण प्रदान गर्दै सम्पुर्ण बिद्यार्थीहरुलाई सचेत रहि सुरक्षित रहन आग्रह गरेका थिए ।

सो प्रशिक्षणको क्रममा बिद्यार्थीहरुले आ–आफ्नो प्रश्न, जिज्ञासा्हरु सोधेका थिए भने प्रमुख अतिथी चौलागाईंले राम्रोगरी सम्झाएर सन्तुष्ट पारेका थिए । सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीको अध्यक्षतामा भएको सो प्रशिक्षण कार्यक्रममा विधालयका प्रधानाध्यापक रामनारायण मिश्र, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, मुनलाइट स्कुलका निर्देशक श्याम केसि, सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सन्जु दहाल , सहकोषाध्यक्ष प्रमोद कुशवाहा, सदस्यहरु सावित्री भुमिहार, तारा विष्ट, ज्ञानमाया रायमाझी, सुशिल श्रीवास्तव, प्रहरी हवल्दार कुमार विक, प्रअ रेनु यादव, स्कुलका शिक्षक सरिता खडगी लगायत शिक्षक र विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझिले गरेका थिए ।