लायन्स इन्टरनेशनल डिष्ट्रिक अन्तर्गत रहेको लायन्स क्लब अफ बीरगंज सेन्ट्रल सिटि क्लब नम्बर ९८९०२ का अध्यक्षमा नवदिप एकेडेमी स्कुलका संचालिका सुशीला साह २०२५र२६ का लागि अध्यक्षमा चयन भएका छन् ।
आज एक समारोहबीच पुर्व अध्यक्ष डाक्टर लक्ष्मी शाहले पद हस्तान्तरण गर्नुभएको भएको हो ।निवर्तमान अध्यक्ष डाक्टर लक्ष्मी थापाको अध्यक्षता तथा पिएमसिसिका रमेश अग्रवालको प्रमुख आतिथ्यमा उक्त पद हस्तान्तरण भएको थियो ।प्रमुख अग्रवालले अहिलेका नवनिर्वाचित पदाधिकारीहरु सक्षम र जोशिला शिक्षित भएकोले धेरै उपलब्धि हासिल हुने विश्वास ब्यक्त गर्नुभएको छ।
अघिल्लो कार्यकालका अध्यक्ष डाक्टर लक्ष्मी थापाले पनि धेरै सामाजिक कामहरु गरेर समाजमा देखाउने काम गर्नुभएको थियो ।त्यो प्रशंसा योग्य रहेकोले यो विशुद्ध सामाजिक काम भएकोले यसबाट मैले के उपलब्धि पाए भन्दा पनि मैले समाजको लागि के उपलब्धि गरेको छु भन्ने उदेश्य राख्ने यो संस्था रहेको अग्रवालले बताएका हुन ।
नयाँ कार्यसमितिमा अध्यक्ष सुशीला साह,उपाध्यक्ष देवन्ती साह,कोषाध्यक्ष डाक्टर मनोज गुप्ता ,सचिव कविता खड्का ,सदस्यहरु गुडी जोशी ,मीना तिवारी ,अनामिका मिश्रा,रोशनी श्रीवास्तव,सुगन्धी कुशवाहा र सबिता सिंह चयन भएका छन् ।सबै पदाधिकारीहरुलाई पिएमसिसि अग्रवालले बधाई तथा शुभकामना र फुलमाला तथा अविर लगाएर भब्य स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा २०२५र२६ एरिया चिफ रामेश्वर गुप्ता ,लायन्स क्लबका उमेश साह कानु,बासु तिमल्सिना ,श्याम गुप्ता ,मिना ट्रिडिवाल लगायतको उपस्थित रहेको थियो ।