बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको एपेक्स म्यनेजमेन्ट कलेजमा बिबिएमा भर्ना भई दोस्रो सत्रमा अध्ययन गरिरहेका विद्यार्थीहरुको एक दिने ब्यक्तित्व विकास तालिम सम्पन्न भएको छ।
एपेक्स म्यनेजमेन्ट कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीको अध्यक्षता तथा नेपाल उधोग वाणिज्य महासंघ मधेस प्रदेशका पुर्व अध्यक्ष गणेश लाठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि लाठले ब्यक्तिगत विकासका लागि धेरै संर्घष गदै समाजलाई रुपान्तरण गर्न अति आवश्यकता रहेको बताए ।
मानताको जीवन यस पृथ्वीमा कसरी उत्पत्ति भएको र मानवीय विकासको चक्र कसरी परिवर्तन भयो भन्ने बारेमा ब्याख्या गर्नुभएको थियो ।उहाँले भने मानिस एउटा चेतनसील प्राणी हो जुन सोच्न बुझ्न र आफ्नो विवेक प्रयोग गर्न सक्ने क्षमतवान भएकोले आज भन्दा भोलि के गर्ने भन्ने बारेमा सोच्नुपर्ने पुर्व अध्यक्ष लाठले बताएका हुन ।
कार्यक्रममा आफुले यसरी केही दुई शब्द बोल्ने क्रममा अध्ययन गरेका विद्यार्थी कुनै उच्च तहमा पुगेको हेर्न चाहेको लाठले बताएका छन् । यस कलेजले शुरुआत देखि नै ब्यवसायीक सीप सहितको शिक्षाको अवधारणाका साथ विद्यार्थीहरुलाई सिक्दै कमाउदै पदढै जाने अवधारणा लिएका कारण भोलिका दिन कोही विद्यार्थीहरु बेरोजगारी हुन नसक्ने लाठले बताएका छन् ।
कलेजका संचालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले कार्यक्रमको समापन समारोहमा हामी विद्यार्थीहरुलाई अरु कलेज भन्दा छुट्टै संस्कार दिने भएकोले यद्यपि आफू यस कलेज बाट सन्तुष्टि भए अरुलाई पनि भनिदिनु यो एपेक्स म्यनेजमेन्ट कलेजले विद्यार्थीहरु भबिस्य सुनिश्चित गर्ने खालका शिक्षा प्रदान गर्ने भएकोले यसकलेजमा भर्ना हुन आग्रह गर्नुभएको छ।
उनले भने विद्यार्थीहरुको सन्तुष्टि नै हाम्रो सन्तुष्टि भनेर अध्यक्ष डाक्टर चौधरीले बताए।कार्यक्रममा एपेक्स म्यनेजमेन्ट कलेजका संचालक तथा प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी ,माउन्ट एडमन माविका प्रअ फजिल अहमद ,कलेजका परिक्षा कोडिनेटर डिके जैसवाल लगायतको उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण बिसिपिएलका विद्यार्थी सुनिता साहले गरेका थिइन् ।