जगत राई
रानीघाटले असार १५ गते २२ औ राष्ट्रिय धान दिवसको अवसरमा एक दिवसीय अगुवा कृषकहरुका लागि जलवायु मैत्री कृषि प्रविधि तालिम खेतमा नै प्रयोग विधि मार्फत सम्पन्न भएको छ।

कृषि औजार अनुसन्धान केन्द्र बीरगंजका कार्यालय प्रमुख सचिन कुमार मिश्रले आज कृषकहरुलाई खेतमा कसरी सुख्खा छरुवा धान खेती र हिले छरुवा धान खेतीमा प्रविधिहरु प्रयोग गर्ने भन्ने बारेमा किसान मार्फत नै खेतमा खतेर प्रयोगमा ल्याउने काम गरेका छन् ।
उनले केवल भाषाण भन्दा पनि उपयोगी कसरी गर्ने भन्ने बारेमा जानकारी दिएको खण्डमा भोलि यहीं किसान बाट अरु किसानहरुलाई सिकाउन सकुन् भन्ने हाम्रो धारणा रहेको इन्जिनियर प्रमुख मिश्रले बताएका हुन ।
हामी जहिले पनि प्रयोग विधि मार्फत काम गर्ने भएकोले स्वयं किसानको उपस्थितिमा काम भएको बताए ।अहिले जलवायु मैत्री कृषि प्रविधि मार्फत खेती गर्नले कम समय लाग्ने खर्च बचत हुने कामदारको आवश्यकता नपर्ने उत्पादन धेरै हुने भएकोले अबको विकल्प यहीँ प्रविधि किसानले अपनाउनु पर्ने इन्जिनियर प्रमुख मिश्रले बताएका छन् ।
उनले भने अहिले गाउँ घर तिर कामदारहरु भन्ने बितिकै नपाउँदा यो यस प्रविधिको मेसिनको प्रयोग गर्नाले ४० प्रतिशत समयको बचत र छिटोछिटो काम हुने अर्कोतिर ३० प्रतिशत पानीको बचत उत्पादन ५ देखि ६ टन प्रति हेक्टर धान हुने प्रमुख मिश्रको भनाइ रहेको छ।

हामीले बोल्नु भन्दा किसानहरुले स्वयं उक्त प्रविधि मेसिन प्रयोग गरेर धान रोपाइँ गर्दा दङ्ग भएका थिए। एक दिवसीय अगुवा कृषकहरुको जलवायु मैत्री कृषि प्रविधि तालिमको समारोहमा तालिम संयोजक इन्जिनियर विकास केसी ,तालिम संचालक इन्जिनियर दुरिका चौधरी ,प्रशिक्षक इन्जिनियर सुनिल सहनी ,सहयोगी रमेश महतो,सग्रिबलाल मण्डल ,रेखा गुप्ता ,अशोक साह तथा बारा पर्साका १५ जना भन्दा धेरै कृषकहरुको उपस्थित रहेको थियो ।