एलाइड युथ सोसाइटी बीरगंज पर्साको चौथो वार्षिकोत्सब समारोहमा सामाजिक अभियानता तथा विभिन्न ब्यक्तिहरुलाई सम्मानित गरिएको छ।
होटल त्रिशालामा आयोजित उक्त वार्षिकोत्सब समारोहमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पानसमा बति बालेर उदघाटन गर्नुभएको थियो ।

समारोहमा उहाँले नेतृत्वमा बस्ने ब्यक्ति बादर जस्तो होइन समाजका समस्या पहिचान गरि समाधान गर्न सक्ने ब्यक्तिको आवश्यकता रहेको धारणा राख्नु भएको हो ।
खाली पदमा बसेर नहुने आफ्नो जिम्मेवारी के हो भन्ने बारेमा जानकार हुनुपर्ने बताए ।उनले अबको आवश्यकता केहो त त्यो युवा शक्तिले जान्न अति आवश्यकता रहेकोले जेजति गर्नुछ यहीँ समयलाई खर्चेर यहीँ समाजको लागि गर्नुपर्ने प्रजिअ अर्यालको भनाइ रहेको छ।

ठूलाठूला कुरा गरेर केही नहुने तर त्यहीँ सानो ब्यक्ति वा संस्थाले ठूलाठूला काम गर्न सक्छन् त्यसकारण युवा शक्ति एक भएर अगाडि बडन सुझाव दिनुभयो ।
एलाइडका युथ सोसाइटीका देवेस मानवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।वार्षिकोत्सब समारोहमा प्रजिअ गणेश अर्याल ,प्रहरी उपरीक्षक गौतम मिश्र,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल ,प्याब्सन पर्साका अध्यक्ष एवम् साउथजोन माध्यमिक बिधालयका प्रिन्सिपल सरोज प्रसाद चौधरी ,उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतम ,मधेस विश्व बिधालयका उपकुलपति डाक्टर दिपक शाक्य,डिएभी स्कुलका प्रिन्सिपल राकेश मिश्र ,पत्रकार अर्जुन चौधरी ,अभिषास गुप्ता लगायत विभिन्न संघसंस्थाका ब्यक्तिहरुलाई सम्मानित गरिएको संस्थाका ओम कुमार झाले जानकारी दिएका छन् ।आज बाट नयाँ कार्यसमिति चयन भएको छ।