निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० बीरगंज महानगरपालिका नगर कमिटी प्याब्सन जिल्ला कार्यसमितिको पर्साको संयुक्त सहकार्यमा यो वर्ष देखि प्याब्सनले छात्रवृत्ति दिन लागेको छ ।
एपेक्स कलेजको सभाहलमा शुक्रबार पत्रकार सम्मेलनमार्फत प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले बताएका छन् । पत्रकार सम्मेलनमा अध्यक्ष श्रीवास्तवले जानकारी दिए अनुसार जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर उत्कृष्ट अंक ल्याउने तर आर्थिक रुपमा पछाडि परेका र पढ्ने चाहाना राख्ने विद्यार्थीहरुका लागि यो सुनौलो अवसर रहेको अध्यक्ष श्रीवासतवले उक्त पत्रकार सम्मेलनमा बताएका हुन ।
बीरगंज महानगरपालिकाले १०५ प्रतिशत छात्रवृत्ति नभई यो प्याब्सनले आफ्नो छुट्टै २८ जनालाई छात्रवृत्ति दिन लागेको जनाए ।
उनले भने आर्थिक रुपमा कमजोर विद्यार्थीहरुलाई उच्च माध्यमिक तहमा छात्रवृत्ति उपलब्ध गराएर पारदर्शिता ढंगले उक्त छात्रवृत्ति वितरण गर्ने वातावरण आफुहरुले गर्न लागेको बताएका छन् ।
हामीले कसैलाई पक्षपात नगर्ने सबैलाई एउटै ढंगले हेर्ने भएकोले कसैको दवाबमा काम नगर्ने अध्यक्ष श्रीवास्तवले बताएका छन्।परिक्षा आगामी १० गते शनिबार हुने फर्म अनलाइन अफलाइन निशुल्क उपलब्ध रहेको बताएका छन् ।
छात्रवृत्ति परिक्षामा साधारण २०८२ सालमा एसइइ उर्तिण भएका प्याब्सन एन प्याब्सन तथा सामुदायिक बिधालयका वा एनजी ग्रेड भएका सबै विद्यार्थीहरुले परिक्षामा भाग लिन पाउने ब्यवस्था रहेको बताए ।
१० वटा कलेजले दिन लागेको छात्रवृत्ति अन्तर्गत मास्कोट एकेडेमी +२ ले २ जना ज्ञान्दा एकेडेमी २ ले २ जना मिनिल्याण्ड सेकेन्ड्री +२ ले ५ जना बीरगंज इङलिस पब्लिक स्कुल +२ले २ जना ओम नेशनल एकेडेमी +२ ले २ जना बिपिसि कलेजले २ जना सनलाइट सेकेन्ड्री स्कुल +२ कलेजले २ जना हिमालयन पिरामिड्स कलेजले ५ जना बीरगंज कलेज प्रालिले ४ जना र सिर्द्धार्थ नेशनल स्कुल +२ ले २ जना गरि २८ जनालाई दिने कलेजहरु संग सहमति भएको पत्रकार सम्मेलनमा प्याब्सन सचिव अमित आलोकले बताएका छन् ।
उनले भने हामीले दिने छात्रवृत्ति पुरस्कार पहिलो स्थान हासिल गरेका विद्यार्थीले ल्यापटप २ वर्षको लागि १००५ प्रतिशत टयुसन छात्रवृत्ति दोस्रो स्थान हासिल गरेका विद्यार्थीले टयाब र २ वर्षका लागि १००५ प्रतिशत टयुसन छात्रवृत्ति तेस्रो स्थान हासिल गरेका विद्यार्थीले ड्रेस र २ वर्षका लागि १००५ टयुसन छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको र साथै साइन्स स्ट्रीमका लागि रु १५ हजार छुट छात्राहरूलाई थप २ हजार छुट र म्यानेजमेन्ट स्ट्रीमका लागि रु ५ हजार छुट छात्राहरूलाई रु २ हजार छुटको ब्यवस्था गरिएको छ।
पत्रकार सम्मेलनमा प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले भने बीरगंजमै उच्च शिक्षा हासिल गर्न सकुन् र घर परिवार संग घुलमिल गरेर कम पैसामा धेरै उपलब्धि हासिल गरुन् भन्ने हाम्रो उदेश्य रहेको बताएका छन् ।
त्यसैगरी मधेस विश्व बिधालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यले भने प्याब्सनले शुरुआत गरेकोमा धेरै राम्रो पक्ष हो यसले यहाँका विद्यार्थीहरुलाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्दा पनि काठमाडौं भन्दा कम छैन भन्ने हाम्रो चाहना रहेको बताए ।
हाम्रो उदेश्य भनेको मधेस प्रदेश भन्दा बीरगंजमा पनि उच्च शिक्षा हासिल गर्ने वातावरण छ भन्ने अनुभुती दिने शिक्षा हामीले दिइरहेको बताएका छन् । त्यसैगरी बीरगंज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले भने हामीले बीरगंजमा उच्च शिक्षा दिन सक्ने धेरै आधार रहेको बताएका हुन यहाँ बाट उत्पादन भएका विद्यार्थीहरु आज हरेक क्षेत्रमा अब्बल भएर सरकारी तथा निजी बितिय क्षेत्रमा रोजगारी पाएको बताएका छन् ।
पत्रकार सम्मेलनमा हिमालयन पिरामिट कलेजका संचालक विरेन्द्र यादव ,मिनिल्याणड सेकेन्ड्री स्कुल ं२ का संचालक सुरजबावु पटेल ,बिपिएस ं२ का संचालक दिपक पटेल ,परिक्षा समिति सदस्य सुमित कुमार गुप्ता ,प्याब्सन नगर सदस्य बिजय बल, लगायत विभिन्न कलेजका संचालकहरुको उपस्थित रहेको थियो ।
निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल बीरगंज महानगर कमिटीका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो भने कार्यक्रमको सहजिकरण सचिव अमित आलोकले गर्नुभएको थियो ।