जगत राई
बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको बीरगंज कलेजमा कक्षा ११ मा हालै भर्ना भएका विद्यार्थीहरूका लागि एक दिने ओरियन्टेशन कार्यक्रम शनिबार एपेक्स मेनेजमेन्ट कलेजको सभा हलमा सम्पन्न भएको छ।
बीरगंज कलेजका संचालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीको अध्यक्षता तथा बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यमा सो एक दिने ओरियन्टेशन कार्यक्रमसम्पन्न भएको हो ।
उहाँले भने यस कलेजमा नयाँ विद्यार्थी भर्ना भएकाहरुलाई बधाई तथा धन्यवाद दिदै सहि ठाउँ र सहि कलेज छनौट गरेर आउनेहरू विद्यार्थीहरुलाई निश्चितरूपमा उपलब्धि हुने बताए ।
विद्यार्थीहरूलाई कलेजको वातावरणसँग परिचित गराउनुका साथै भविष्यमा हुने शैक्षिक गतिविधिबारे जानकारी प्रदान गर्ने क्रममा यस कलेजले कमाउदै जाउ पदढै जाउ भन्ने अवधारणा लिएर कलेज अगाडि बढीरहेको छ भनेर गौतमले बताएका छन् ।
नयाँ विद्यार्थीहरूको सहभागिता रहेकोउक्त कार्यक्रमको उद्घाटन बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतमले गरेका हुन ।उनले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजको इतिहास, उपलब्धि, शैक्षिक गुणस्तर तथा अनुशासनबारे प्रकाश पारे।
कार्यक्रममा विभिन्न बिषयगत शिक्षक–शिक्षिकाहरूले कलेजको र शिक्षाको बारेमा जानकारी प्रदान गर्नुका साथै कक्षा सञ्चालन पद्धति, मूल्यांकन प्रणाली, परीक्षा तालिका, आन्तरिक मूल्यांकन तथा अतिरिक्त क्रियाकलप, कलेजमा उपलब्ध पुस्तकालय, प्रयोगशाला, कम्प्युटर कक्षा, खेलकुद र ई–लर्निङ प्लाटफर्मबारे पनि विवरण प्रस्तुत गरियो।
कलेजका प्रशासन प्रमुख सुरेश चौधरी ,परिक्षा कोडिनेटर डिके जैसवाल सहायक क्याम्पस प्रमुख रुदल ठाकुर ,लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।करिब २०० भन्दा धेरै विद्यार्थीहरूको उपस्थित रहेको थियो । कलेज सधैं विद्यार्थीहरूलाई इमानदारी, अनुशासन र निरन्तर अभ्यासका साथ अध्ययनमा लाग्न प्रेरित गदै आइरहेको बताए ।
नयाँ विद्यार्थीहरूलाई कलेज जीवन सफल बनाउने टिप्स तथा सुझाव दिएका थिए। उनीहरूले समय व्यवस्थापन, लक्ष्य निर्धारण र सकारात्मक सोचको महत्त्वलाई जोड दिए।
कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई स्वागतस्वरूप कलेजले विद्यार्थीहरुलाई खादा ओदाइ सम्मानित गरिएको थियो ।कार्यक्रमको स्वागत मनतब्य बिबिएसका विद्यार्थी सुनिता साहले गरेकी थिइन् भने सहजिकरण कृष्ण पासवानले गरेका थिए।