पर्सा जिल्लाको प्रतिष्ठित निजी विद्यालय कादम्बरी एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा ४.० जिपिए (GPA) प्राप्त गर्ने आफ्ना चारजना विद्यार्थीहरुलाई दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मानित गरेको छ।
विद्यालयका साक्षी यादव, सौरव पण्डित, एस। जैसवाल र सिद्धि शर्मा नामक गरेका विद्यार्थीहरूले एसईईमा पर्सा जिल्ला बाट उत्कृष्ट अंक अर्थात फोर जिपिए ल्याएका हुन्। उनीहरू पर्सा जिल्लाबाट यस तहको उच्चतम अंक हासिल गर्ने विद्यार्थीहरू मध्ये यी चार जना पनि परेका छन्।

विद्यालयद्वारा आयोजित एक समारोहबीच विद्यार्थीहरु र उनका अभिभावकहरुलाई दोसल्ला ओदाइ बीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले सम्मानित गर्नुभएको थियो ।
प्रमुख अतिथि सिंहले चारैजना विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी सम्मानित गर्नुभएको हो । उहाँले उच्च शिक्षाको लागि अग्रिम शुभकामना सहित बधाई समेत दिनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले पर्सा जिल्लालाई शिक्षाको केन्द्र ९शिक्षा हब० बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो।
उहाँले निजी तथा सामुदायिक दुवै प्रकारका विद्यालयहरूको गुणस्तर सुधारका लागि महानगरपालिकाले निरन्तर क्रियाशील रहेको जनाउँदै भन्नुभयो, असम्भव भन्ने शब्द संसारमा कतै छैन, केवल इच्छाशक्ति आवश्यक हो। यदि चाहना बलियो छ भने जुनसुकै लक्ष्य प्राप्त गर्न सकिन्छ।
नगरप्रमुख सिंहले विद्यालयहरूलाई आवश्यक सहयोग प्रदान गर्दै विद्यार्थीहरूलाई प्रोत्साहन गर्न महानगरपालिका तत्पर रहेको पनि स्पष्ट पार्नुभयो। उहाँले यस्ता सम्मान कार्यक्रमहरूले विद्यार्थीहरूमा थप प्रेरणा जागृत गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कादम्बरीएकेडेमी +२ विद्यालयका प्रधानाध्यापक राजेन्द्र आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।सम्मान कार्यक्रममा मधेस विश्व बिधालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्य,ज्ञान्दा एकेडेमी +२ का प्रिन्सिपल राजेन्द्र कोइराला ,प्याब्सन पर्साका उपाध्यक्ष विरेन्द्र यादव ,शिक्षा इकाईका प्रमुख हरि राउत ,एन प्याब्सन नगर अध्यक्ष जियालाल साह,डिएभी स्कुलका प्रिन्सिपल राकेश मिश्र,कमल चौगाइ,वडा नम्बर १३ का वडा अध्यक्ष हिरागिरि,लगायतले शुभकामना तथा शिक्षाको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको स्वागत मनतब्य कादम्बरी एकेडेमीका डाइरेक्टर दिपक तुल्सियाले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षिका सान्त्वना बाग्ले सीतल सिंहले गरेकी थिइन् ।
कार्यक्रममा , शिक्षक,शिक्षिका, अभिभावक, विद्यार्थीहरू समाजसेवीहरूको उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले चारैजना विद्यार्थीको मेहनत, अनुशासन र निरन्तर अभ्यासलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शनको अपेक्षा राखेको बिधालयले राखेको छ।
कादम्बरी एकेडेमीले यसरी आफ्ना होनहार विद्यार्थीलाई सम्मान गरेर केवल उनीहरूको मेहनतको कदर गरेको मात्र होइन, अन्य विद्यार्थीहरूका लागि पनि प्रेरणाको स्रोत बन्ने उदेश्यले सम्मानित गरिएको प्रिन्सिपल राजेन्द्र आचार्यले बताएका छन् ।