दिपेन्द्र जयसवाल
बारा — बाराको सुवर्ण गाउँपालिका, कवही गोठमा आर्थिक वर्ष २०८२र०८३ का लागि कुल ४३ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै १५औँ गाउँसभा भव्यतापूर्वक सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवको अध्यक्षतामा भएको गाउँसभामा पूर्व संविधानसभा सदस्य स्वर्गीय रामअयोध्या प्रसाद यादवको सालिक निर्माण गर्ने निर्णयसमेत गरियो। साथै, गाउँपालिकामा उत्कृष्ट कार्य प्रदर्शन गर्ने केही कर्मचारीलाई सम्मान गरिएको थियो।
गाउँसभामा उपाध्यक्ष पुनम कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत श्याम चौधरी, विभिन्न शाखाका प्रमुख, गाउँ कार्यपालिका सदस्य, वडा नं। १ देखि ८ का वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, गाउँसभा सदस्य तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा प्राथमिकता दिने जनाएको छ।