इमानदारी र नैतिकताका अद्वितीय आवाज मानिने नेपाली राजनीतिज्ञ तथा विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसरमा भदौ ७ गते ९शनिबार० वीरगञ्जमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमबारे जानकारी प्रदीप गिरी इन्स्टिच्युट ९एन्क्ष्०ले शुक्रबार पत्रकार सम्मेलनमार्फत गराएको हो।
“उत्साह र सङ्घर्षको आलोकमा स् प्रदीप गिरिको सम्झना” शीर्षकमा आयोजना हुने कार्यक्रममा नेपाल र भारतका मित्र, राजनीतिक अगुवा, विचारक, युवा र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रम बिहान १०ः३० बजे वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा सुरु हुने छ र तीन चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण तथा उहाँको जीवन र विचारमाथि आधारित वृत्तचित्र प्रदर्शन हुनेछ। दोस्रो चरणमा स्वागत र स्मरण मन्तव्य राखिनेछ भने तेस्रो चरणमा राजनीति, अर्थतन्त्र, संस्कृति र क्षेत्रीय सम्बन्धबारे प्यानल छलफल गरिनेछ।
छलफलमा सीमावर्ती क्षेत्रको ऐक्यबद्धता, साझा संस्कृति, आर्थिक सहकार्य र युवालाई नवप्रवर्तनतर्फ उन्मुख गर्ने विषयमा विचार–विमर्श गरिने आयोजकले बताएका छन्।
पत्रकार सम्मेलनमा एन्क्ष् का संयोजक कन्चन झाले संस्थाको उद्देश्य स्पष्ट गर्दै भने, “प्रदीप गिरिको जीवन र विचारलाई जीवन्त राख्ने, न्यायसंगत र समावेशी समाज निर्माणका लागि अनुसन्धान, संवाद र क्रियाशीलतालाई प्रोत्साहन गर्नु हाम्रो प्रमुख लक्ष्य हो।”
कार्यक्रममा सहभागीहरूले गिरिको मूल्य–मान्यतालाई नयाँ पुस्तासम्म पुर्याउने र नैतिक राजनीति, सामाजिक न्याय तथा क्षेत्रीय सद्भावको यात्रा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। पत्रकार सम्मेलनमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, पत्रकार सुष्मा शर्मा लगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण विवेक कर्णले गरेका थिए।