जगत राई
नेपाल इन्जिनियर्स एसोसिएसन वीरगञ्ज केन्द्रको कार्यकारिणी समितिको निर्वाचनमा गठबन्धन समूहका उम्मेदवारहरू विजयी भएका छन् ।
विभिन्न राजनीतिक दल निकट मानिने इन्जिनियर्स सङ्गठनको गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारहरूले स्वतन्त्र प्यानलका प्रतिद्वन्द्वीहरूलाई पराजित गर्दै कार्यकारिणी समितिमा आफ्नो वर्चस्व कायम गरेका हुन ।
निर्वाचनबाट सभापतिमा गठबन्धन समूहका प्रियान्शु गुप्ता रौनियार विजयी भएका छन् । उनले १२६ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र प्यानलका धिरज कुमार साहलाई ३० मतको अन्तरले पराजित गरे । साहले ९६ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपसभापतिमा गठबन्धन समूहका श्याम किशोर प्रसाद दास १२६ मतका साथ निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र प्यानलका अभिषेक कुमार गुप्ताले ९८ मत प्राप्त गरे ।सचिव पदमा गठबन्धन समूहका मनिष प्रसाद केशरी १३० मत र कोषाध्यक्षमा मोहम्मद इकवाल हुसेन ११९ मतका साथ विजयी भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा रबी कुमार पटेल, रुपेश कुमार चौरसिया, राज गिरी, कृष्णा सर्राफ र राम श्याम कुमार यादव निर्वाचित भएका छन् ।
निर्वाचन शुक्रवार वीरगञ्जस्थित वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजीको कलेजमा सम्पन्न भएको हो । शुक्रबार रातिदेखि मतगणना गरिएको भए पनि मतपरिणाम शनिवार बिहान सार्वजनिक गरिएको थियो ।
जितले गठबन्धन समूहको एकताको बल र सङ्गठनप्रतिको प्रतिबद्धतालाई उजागर गरेको कुरा समाजबादी ईन्जिनियर नेपाल को केन्द्रिय उपाध्यक्ष ई।
राजेश यादवले जानकारी दिएका छन् । नवनिर्वाचित कार्यकारिणी समितिले आगामी दिनमा इन्जिनियर्सहरूको हकहित र व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताएका छन् ।
निर्वाचन शान्तिपूर्ण र सभ्य भब्य रुपमा सम्पन्न भएको डाक्टर हरि शंकर साहले बताएका हुन ।उनले भने बिआइटी कलेजका प्रिन्सिपल इन्जिनियर निरज श्रीवास्तव र निर्वाचन अधिकृत इन्जिनियर आत्माराम साहको अहम भुमिका रहेको बताएका छन्।