सके पटेल
पर्साको पद्म पार्टीमा जनमत पार्टीले विशेष तीज कार्यक्रम सम्पन्न भएको छ । महिलाहरूको मौलिक पर्व तीजलाई उत्सवमय ढंगले मनाउन र सांस्कृतिक परम्परालाई संरक्षण गर्ने उद्देश्यका साथ गरिएको कार्यक्रममा स्थानीय महिला नेतृ तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

पर्सा जिल्ला को महिला अध्यक्ष आनजना गुप्ता को नेतृत्व मा सम्पन्न भएको कार्यक्रममा श्रिमती अनिता रौनियार, रुबि देवी रौनियार, अनिता देवी राम, मुनी श्रीवास्तव, रम्भा मिश्रासहित विभिन्न महिला कार्यकर्ताहरू उपस्थित थिए ।
सहभागी महिलाहरूले तीज पर्वको ऐतिहासिक तथा सामाजिक महत्त्वबारे चर्चा गर्दै यस पर्वले महिलाबीच एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउन सहयोग गर्ने बताएका थिए ।
यस्तै, कार्यक्रममा नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए, जसले वातावरणलाई झन् उल्लासमय बनाएको थियो । सहभागीहरूले दर खाने परम्परागत चलनलाई पनि निरन्तरता दिँदै आपसी भेटघाट तथा आत्मीयतापूर्ण समय बिताएका थिए ।
कार्यक्रमको विशेष उपस्थिति जनमत पार्टीका केन्द्रीय सदस्य राहुल रौनियारले जनाएका थिए । उनले आफ्नो मन्तव्यमा महिलाहरू पार्टीको बलियो आधार भएकाले उनीहरूको सक्रिय सहभागिता र नेतृत्वले पार्टीलाई अझ सबल बनाउने बताए ।
साथै उनले महिलाहरूलाई सशक्तिकरण, समान अधिकार र राजनीतिक सहभागितामा अझ बढी अवसर दिनुपर्ने आवश्यकता औंल्याए ।
उनले तीज पर्व केवल नृत्य–गीतमा सीमित नभई सामाजिक, सांस्कृतिक र राजनीतिक सचेतनाको पर्व पनि भएको उल्लेख गर्दै महिलाहरूको योगदानले समाजलाई नयाँ दिशातर्फ लैजान सक्ने विश्वास व्यक्त गरे ।
उपस्थित महिला नेतृहरूले समेत जनमत पार्टीले महिलाहरूलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक कदम चाल्दै आएको र भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरू निरन्तर आयोजना गर्नुपर्ने अपेक्षा व्यक्त गरेका थिए ।
सांस्कृतिक र आत्मीय वातावरणबीच सम्पन्न भएको उक्त तीज कार्यक्रम केन्द्रीय सदस्य राहुल रौनियारको सक्रिय सहभागितामा सम्पन्न भएको जनमत पार्टीले जनाएको छ ।