जगत राई
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ को आयोजना तथा लायन्स क्लब अफ बीरगंज आदर्शनगर डिष्टिक ३२५(क् एसको सहयोगमा डेगुबाट बचन झुल तथा जीवन जल वितरण कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर ११ का अध्यक्ष राम सरार्फको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यमा सो झुल तथा जीवन जल वितरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि एसपी मिश्रले अहिले डेगु तथा हैजा प्रकोप बाट सुरक्षित रहन अर्थात लामखुट्टे बाट एक प्रकारको रोग समुदायमा फैलिरहेको अवस्थामा यसबाट बच्न सामाजिक काम गरेकोमा प्रशंसा गर्नुभएको छ।
उनले भने समाजमा बसेपछि यस्ता कार्यक्रमहरु अरु संघसंस्थाले गर्न अति आवश्यकता रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर र लायन्स क्लब अफ बीरगंज आदर्शनगर डिष्टिक ३२५( क् एसको समन्वयमा ३०० झुल तथा ६०० सय जीवन जल वितरण गरिएको सामुदायिक सेवा केन्द्रका सचिव दिलिप प्रधानले जानकारी दिनुभएको छ।
वडा नम्बर ११ का वडा अध्यक्ष अजय चौरसिया,झुल तथा जीवन जल वितरण कार्यक्रममा लायन्स क्लब अफ बीरगंज आदर्शनगर डिष्टिक ३२५ ( क् एसका अध्यक्ष सुरेश रुङ्गता,वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक श्याम कुमार बस्नेत ,सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष रेखा घिमिरे ,न्युरो,अस्पतालका डाक्टर श्याम बाबु प्रसाद ,क्लबका उपाध्यक्ष किशोर गुप्ता ,सेकेट्री मनिष गोयल, प्रकाश बाहेती, प्रदिप डालमीया, बिनय बन्सल,राजन सरावगी,रामबिहारी पाण्डे ,सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका सहायक हवल्दार सुरेन्द्र कुमार यादव , महिला प्रहरी जवान धनमाया दाहाल ,एनुलहक देवान लगायतको उपस्थित रहेको थियो ।