बीरगंज महानगरपालिका वडा नम्बर ११ अन्तर्गत श्रीपुरमा रहेको श्री दुर्गा पूजा सेवा समिति श्रीपुर परिवारले यस वर्ष पनि विजया दशमी (दशैं) पर्व भव्य रूपमा मनाउने तयारी गरेको छ। समितिका अध्यक्ष दिपेन्द्र महतोका अनुसार, समितिले लगातार तेह्रौं ९१३औं पटक दुर्गा पूजा आयोजना गर्न लागेको हो। उहाँले यस पटकको दशैं पर्वलाई अझ साँस्कृतिक र भव्य बनाउन आवश्यक सबै तयारीहरू तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिएका छन् । दशैंको अवसरमा समितिद्वारा हरेक वर्ष जस्तो यसपटक पनि माता दुर्गाको मूर्ति स्थापना, विशेष पूजा–पाठ, सांस्कृतिक कार्यक्रम, रात्रीकालीन भजन–कीर्तन तथा समाजसेवा–केन्द्रित क्रियाकलापहरू आयोजना गर्ने क्रममा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय बुद्धिजीवी तथा समाजसेवी किसान महतोका अनुसार, पूजा कार्यक्रममा आवश्यक पर्ने सबै सामग्रीहरू मूर्ति, पण्डाल, लाइटिङ, खाद्यान्न तथा अन्य व्यवस्थापन गर्ने झन्डै रु। चार लाखदेखि पाँच लाखसम्म खर्च हुने भएकोले सोको ब्यवस्थापन गर्न स्थानीय बासिन्दाहरुबाट आर्थिक संकलनदेखि चन्दाबाट नै पूरा गरिँदै आएको र वडा समितिले पनि केही सहयोग गर्ने गरेको बताए । उहाँका अनुसार, स्थानीयवासीहरूको सक्रिय सहभागिताले अहिलेसम्म सबै काम सम्भव भएको र सहयोगका कारण श्री दुर्गा पूजा सेवा समितिको कार्यक्रम बर्षेनी स्तरीय र प्रेरणादायी हुँदै गएको महतोले बताएका हुन ।यस वर्षको पूजा कार्यक्रमलाई अझ व्यवस्थित बनाउन समिति अन्तर्गत विभिन्न उपसमिति गठन गरिएको र सुरक्षाको लागि स्थानीय युवा स्वयंसेवक, सामुदायिक प्रहरी, तथा नगर प्रहरीसँग समन्वय गरिने उनको भनाइ रहेको छ। साथै, महिला तथा बालबालिकालाई लक्षित कलश यात्रामा सहभागी गराउने विशेष कार्यक्रम समेत रहेको बताए ।
समितिका सचिव जोशी मण्डलका अनुसार, दुर्गा पूजाको मुख्य दिनमा विशेष प्रसाद वितरण, भजन सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिने बताए । उनले बताए अनुसार पछिल्ला वर्षहरूमा श्रीपुरमा आयोजित दुर्गा पूजा कार्यक्रमले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, र सांस्कृतिक चेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्राध्यापक हरि बहादुर बैध बताउँछन् । उनले बताए अनुसार यहाँ सबै जातीयता एकताको सद्भाव रहने गरेको र आपसी रुपमा देवीको पुजा पाठ गर्ने प्रचलन रहेको प्राध्यापक बैधले बताएका छन् । दुर्गा पुजा सेवा समितिले संकलन गरेको रकम बापत बचेको बचत रकमले ब्रहम बाबा सातोमाईको पुजापाठ तथा बोका खरिद गरि पुजा गदै आइरहेको बुद्धिजीवी एवम् स्थानीय बासिन्दा किसान महतोले बताएका छन् । भने बाकी रकम असाहयक विपन्न दलित आर्थिक सहयोग र उपचार खर्च दिने गरेको बताएका छन् ।
ब्यवस्थापनलाई ब्यवस्थित गर्न चुस्त दुरुस्त बनाउन श्री दुर्गा पुजा सेवा समितिका अध्यक्ष दिपेन्द्र महतो,उपाध्यक्ष परशन महतो,सचिवदय जोशी मण्डल, नागेन्द्र पटेल, कोषाध्यक्ष नागेश्वर महतो, वरिष्ठ सल्लाहकार माधव किसान अर्जुन ,समाजसेवी एवम् बुद्धिजीवी किसान महतो लगायतको विशेष भुमिका रहेको छ।