जगत राई
बीरगंज महानगरपालिका वडा नम्बर १६ मा अवस्थित नेवा पुच ९नेवार समाज० को नयाँ भवनमा शनिबार एक विशेष कार्यक्रमका साथ गृह प्रवेश सम्पन्न गरिएको छ। नेवार समुदायको परम्परागत विधिअनुसार सम्पन्न उक्त कार्यक्रममा पूजापाठ, धूपधूवाँ, र सामूहिक सहभागितामा विशेष महत्व दिइएको थियो।
नेवा पुच पर्सा जिल्ला कार्यसमितिका अध्यक्ष हरि बहादुर वैद्यका अनुसार, भवन पाँच घुर जग्गामा निर्माण गरिएको तीन तले संरचना रहेको बताए जसको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको हो । समुदायको आवश्यकतालाई मध्यनजर गर्दै भवनमा विभिन्न सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधि सञ्चालन हुने गरी योजना बनाइएको जानकारी उनले दिनुभयो। गृह प्रवेश समारोहमा विभिन्न धार्मिक पूजाआजा तथा नेवारी संस्कृति अनुसारका परम्परागत रीतिरिवाज पालना गरिएको थियो। कार्यक्रममा नेवार समुदायका अगुवा, स्थानीय बासिन्दा, बुद्धिजीवी, तथा युवा–युवतीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष वैद्यले भवनको निर्माणमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाप्रति आभार व्यक्त गर्दै यो भवन नेवार समुदायको पहिचान, संस्कृति र एकताको प्रतीक बन्ने विश्वास व्यक्त गर्नुभयो। नेवा पुचको यो नयाँ भवनले अब विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिक तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने नेवा पुच जिल्ला कार्यसमितिका अध्यक्ष बैधले यो भवन निर्माण भए संगै समुदायभित्र अझै एकता र समर्पणको भावना बलियो बनाउने अपेक्षा गरिएको बताएका छन् ।गृह प्रवेश कार्यक्रममा महासचिव बलराम श्रेष्ठ ,कोषाध्यक्ष सुन्दर श्रेष्ठ ,सह कोषाध्यक्ष अमृता जोशी ,सदस्यहरु अन्जु श्रेष्ठ ,मिरा प्रधान ,सुशील जोशी ,नेवा पुचका पुर्व महासचिव दृश्यमान् मोहन श्रेष्ठ ,नेवा पुच जग्गा दाता सुरेश लाखे,उपेन्द्र श्रेष्ठ ,सल्लाहकार कुसुमलाल श्रेष्ठ ,सरस्वती श्रेष्ठ ,राजन शाक्य ,मुन्ना शाक्य ,आभा जोशी लगायतको विशेष उपस्थित रहेको थियो ।