जगत राई
बीरगंज महानगरपालिका वडा नम्बर ११ निवासी ५० वर्षीय मोहम्मद जवार मन्सुरी विगत केही वर्षदेखि ब्लड क्यान्सर (रगतको क्यान्सर) रोगसँग लडिरहेका छु आर्थिक अभावका कारण उपचारमा निरन्तरता दिन कठिनाइ भएको उनले बताउँदै देश–विदेशका समाजसेवी, उद्योगपति, व्यापारी, विद्यार्थी र आम नागरिकहरूलाई सहयोगका लागि हार्दिक अपिल गरेका छन्।
मन्सुरीले सन् २०७४ साल चैत ४ गतेदेखि आफ्नो ब्लड क्यान्सरको उपचार सुरू गरेका थिए। सुरुका वर्षहरूमा भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदा करिब १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको उनले बताए।
सुरुमा घरजग्गा बिक्री गरेर उपचारको खर्च जुटाए पनि अहिले उपचार र दैनिकी दुबै चलाउन मुस्किल परेको उनले दुःखेसो पोखेका छन् उनले भने, “शुरुमा सम्पत्ति बेचेर उपचार गराएँ, तर अहिले हातमा केही छैन। दैनिकी चलाउन पनि गाह्रो भएको छ।

बाध्य भएर मिडियाको माध्यमबाट सहयोगको अपिल गर्नुपरेको हो मन्सुरीका परिवारमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्। श्रीमती गृहिणी भएकी र सन्तानहरू अझै बेरोजगार भएकाले पारिवारिक जिम्मेवारी र उपचार खर्च दुबै जोहो गर्न समस्या परेको उनले बताएका हुन ।
उनले सहयोगी हातहरूबाट सानो–सानो सहयोग पाउन सके जीवन रक्षाको आशा गर्न सक्छु। मलाई बचाउनका लागि सघाउन सक्ने सबैलाई अग्रिम धन्यवाद दिन चाहन्छु।”
सहयोग गर्न चाहनेहरूका लागि नेपाल बैंक लिमिटेड खाता नम्बर: ०४९०१००७४२८६१५०००००१
📞 सम्पर्क नम्बर: ९८०७४५८८७७ (मोहम्मद जवार मन्सुरी)
समाजमा असहाय र विपन्न बिरामीहरूको सहयोगका लागि हात अगाडि बढाउने परम्परा कायम रहोस् भन्ने आशासहित मन्सुरीले सबैलाई मानवीयता र सहानुभूतिका साथ सहयोग गर्न अपिल गरेका छन्।
उनले भने बीरगंजमा धेरै मनकारीहरुको खानी भएको ठाउँ भएकोले मैले आज मिडिया मार्फत सबैलाई दशहाट जोडेर आर्थिक सहयोगको अपेक्षा गरेको छु भनेर बताएका छन् ।