जगत राई
साना व्यवसाय परामर्श केन्द्र प्रालि, बीरगंज–१४ को आयोजनामा तथा जेजेवाईसी (JJYC) र सिडिएफएन (CDFN)को सहयोगमा आइतबारदेखि नेपाल राष्ट्रिय बिधापिठ माध्यमिक बिधालयको प्रारङ्गमा ३९० घण्टे आवासीय प्रविधिक तालिम औपचारिक रूपमा सुरु भएको छ।
साना व्यवसाय परामर्श केन्द्र प्रालिका कार्यकारी निर्देशक विजय कुमार श्रीवास्तवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर कुर्मीले तालिमको उदघाटन गर्नुभएको हो ।तालिमको उदघाटन समारोह कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुर्मीले तालिम बेरोजगार युवालाई रोजगारीतर्फ अग्रसर बनाउन महत्वपूर्ण माध्यम हुने बताए।
उनले भने, “यो तालिमले सीप सिकाएर आत्मनिर्भर बन्न मद्दत गर्छ। वैदेशिक रोजगारमा जान परे पनि यसले विदेशमा राम्रो रोजगारी र उचित पारिश्रमिक पाउन सहयोग पुर्याउनेछ।”उनले तालिममा सहभागी युवाहरुलाई यो अवसर नगुमाउन र ध्यानपूर्वक सिकेर भविष्यमा निर्माणमा लाग्न सुझाव दिएका छन् । ३९० घण्टे आवासीय तालिमअन्तर्गत ब्युटिसियन तालिम, सिलाइ–कटाइ तालिम, भवन–विद्युत मर्मत तालिम, मोबाइल मर्मत तालिम, मोटर मर्मत तालिम, र एसी–फ्रिज मर्मत तालिम गरी ६ वटा सीपमूलक तालिम एकैपटक सञ्चालन गरिएको छ।
कार्यक्रममा वडा नं। ११ का वडा अध्यक्ष अजय चौरसियाले युवायुवतीलाई तालिमको सुनौलो अवसर सदुपयोग गर्न अपिल गरे। उनले भने, “रोजगारीका ढोका खुल्ने यस्ता अवसर बारम्बार आउँदैनन्, त्यसैले यो तालिमलाई जीवन परिवर्तनको अवसरका रूपमा लिनुपर्छ।” साना व्यवसाय परामर्श केन्द्रका निर्देशक श्रीवास्तवले तालिममा सहभागी युवाहरुलाई तालिमपछि रोजगारमूलक व्यवसाय सुरु गर्न सहजीकरण गर्ने ठूलो मद्दत पुग्ने वडा अध्यक्ष चौरसियाले बताएका छन् ।
तालिममा बारा र रौतहट गरि २२ जना महिला सहित ९० जना सहभागी रहेका छन् । तालिममा पिङ्गकी गुप्ता ,अरुण प्रसाद राय,सुरेन्द्र पासवान ,रियाज अन्सारी ,बिष्णु कलवार,राजीव साह लगायतले प्रशिक्षण दिइरहनु भएको छ। तालिमको उदघाटन समारोहमा अरबिन्द गुप्ता ,जेजेवाइसिका वरिष्ठ परियोजना संयोजक कृष्ण यादव ,नेपाल राष्ट्रिय बिधापिठ माध्यमिक बिधालयका शिक्षक शशि पुर्णसिनी ,जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई लगायतले तालिमको उपलब्धि गरि आफ्नो आर्यआजनमा टेवा पुग्ने काममा अगाडि बढन सुझाव सहित शुभकामना दिनुभएको थियो ।कार्यक्रमको स्वागत मनतब्य कन्चन श्रीवास्तवले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण मनोज कुमार महतोले गर्नुभएको थियो ।