जगत राई
विश्व मधुमेह दिवसको अवसरमा साउथ सिटी हिमाल हस्पिटल, बीरगंजले शुक्रबार बिहान प्रभातफेरी तथा निःशुल्क मधुमेह (रक्त सुगर) परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
“मानसिक तनाव कम गरौं, मधुमेह रोग घटाऔं; नियमित व्यायाम गरौं, मधुमेह भगाऔं; वर्षमा दुई पटक सुगर जाँच गराऔं” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रह्यो।
विहान घन्टाघरबाट हस्पिटलका अपरेसन मेनेजर दिपेशलाल दासको नेतृत्वमा प्रभातफेरी सुरु गरिएको थियो। नगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः घन्टाघरमै आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै डा. रञ्जित यादवले नेपालमा ८.९ प्रतिशत जनसंख्या मधुमेहबाट प्रभावित हुने र २ प्रतिशत मृत्यु मधुमेहसम्बन्धी समस्याका कारण मृत्यु हुने सरकारी तथ्यांकलाई उदृत गर्दै सो कुरा बताएका हुन ।
उनले भने नियमित स्वास्थ्य परीक्षणको महत्त्व बारे जोड दिदै उनका अनुसार, हालको खानपान, जीवनशैली र वातावरणीय प्रभावका कारण मधुमेहको जोखिम बढ्दै गएको हुँदा “चिनी रोग बेलाबेला जाँच गर्दै उचित सावधानी अपनाउनु अत्यावश्यक” छ।
डा. यादवले नियमित व्यायाम, तनाव नियन्त्रण तथा स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गर्दै मधुमेह नियन्त्रण योग्य रोग भएको भन्दै समयमै पहिचान र उपचारले जटिलता घटाउन सकिने बताए।
कार्यक्रमको सहजीकरण को–अर्डिनेटर जगतसिंहले गरेका थिए। साथै, हस्पिटलले बिहान ९ बजेदेखि ४ बजेसम्म निःशुल्क मधुमेह परीक्षण सेवा प्रदान गरिरहेको छ। सबैले यो सुनौलो अवसरमा फाइदा लिन दासले अपिल गरेका छन् ।