जगत राई
बिरगंज–समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत माउन्ट हर्मन माध्यमिक विद्यालयमा सोमबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। शिविर सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली–श्रीपुर ११ को आयोजनामा तथा माउन्ट हर्मन माध्यमिक विद्यालय र माट्रिका आइ फाउन्डेसनको समन्वयमा सञ्चालन गरिएको थियो।
शिविरका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक ९एसपी० सुदिप पाठकले कार्यक्रम उद्घाटन गर्दै समाजमा कुनै पनि आपराधिक घटना वा व्यक्तिगत समस्या परे तत्काल प्रहरीसमक्ष जानकारी गराउन अपिल गरे। उनले आवश्यक परे १०० नम्बरमा तुरुन्त सम्पर्क गर्न सकिने बताए।
कार्यक्रमका अध्यक्ष राम सरार्फ तथा विद्यालयका डाइरेक्टर किशोरी प्रसाद साहले विद्यार्थीहरूलाई अध्ययनमा समर्पित भएर आफ्नो लक्ष्य प्राप्त गर्न जोड दिएका थिए। प्रिन्सिपल सन्तोष साहले शिविरमा करिब २०० भन्दा बढी व्यक्तिको आँखा जाँच गरिएको जानकारी दिए। जसमा मोटियाबिन्दुका समस्या भेटिएका विद्यार्थी र स्थानीय बासिन्दाहरूलाई सहुलियत दरमा उपचार गरिने जनाइएको छ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव दिलिप प्रधान, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा, शिक्षकहरू राजेश्वर पाण्डे, निर्मल ताम्राकार, मधु सिंह, प्रहरी सहायक हवल्दार सुरेन्द्र कुमार यादव, प्रहरी जवान धनमाया दाहाल, माट्रिका आइ फाउन्डेसनका प्रतिनिधि आरती साह, मनोज पटेल, इन्द्र सिंह धामी, राजकिशोर गुप्ता, जयप्रकाश साह लगायतको टोली उपस्थित थियो। शिविर सञ्चालन कक्षा १० की विद्यार्थी सिर्जना कुशवहाले गरेकी थिइन्।