जगत राई
हरिखेतान बहुमुखी क्याम्पसका कक्षा १२ का विद्यार्थीलाई आफैं जिउने तथा आत्मनिर्भर बन्ने विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय होटल त्रिशलामा आयोजित प्रशिक्षण कार्यक्रममा क्याम्पसका निमित्त क्याम्पस प्रमुख रविन्द्र यादवको अध्यक्षतामा तथा क्याम्पस दाता परिवारका डा. रामआवतर खेतानको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा। खेतानले विद्यार्थी जीवनमा इच्छाशक्ति धेरै भए पनि लक्ष्य पूरा गर्न मन, समय र प्रयास एकै साथ लगाउनुपर्ने बताए। उनले भने, “रातमा देखिने सपना मात्र सपना हो, तर दिनमा लक्ष्यसहित देखिने सपना जीवनपरिवर्तनकारी हुन्छ।” प्रशिक्षणमा सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र यसको वास्तविक उपलब्धि प्राप्त हुने उनको भनाइ थियो।

त्यसैगरी मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवले आफू कसरी जिउने भन्ने विषयमा विश्वका गरीबदेखि धनी व्यक्तिसम्मका जीवनकथा प्रस्तुत गर्दै आत्मनिर्भर बन्न सोच,परिवर्तन संगै संकल्प र संघर्षका आधारहरू हुनुपर्ने प्रशिक्षणमा बताएका छन् ।उनले भने कुनै पनि लक्ष्य हासिल गर्न पहिले दृढ संकल्प गर्नुपर्छ, त्यसपछि निरन्तर संघर्ष र सकारात्मक सोचले नै मानिसलाईसफलताको लक्ष्यमा पुराउने बताएका थए ।”
कार्यक्रममा क्याम्पसका प्राध्यापक दिलिप प्रजापति, शिक्षिका रितिका जैसवाल, बरजित कौर, रमेद्र यादव, मुस्तफा अन्सारी, लालकिशोर प्रसाद पटेलसहित करिब ३०० विद्यार्थीको सहभागिता रहेको जानकारी दिनुभएको छ ।कार्यक्रमको सहजीकरण कक्षा १२ की विद्यार्थी प्रतीक्षा श्रीवास्तव र रिया यादवले गरेका थिए।