तराई–मधेसका कलेजस्तरीय क्रिकेटप्रेमीहरूका लागि प्रतिक्षित क्षण आएको छ। अन्तरकलेज टी–२० क्रिकेटको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित ‘एनआइ कप’को पाँचौँ संस्करण ‘एनआइ कप–२०८२’ बिहीबारदेखि सुरु भएको छ।
पछिल्ला पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता नेशनल इन्फोटेक कलेजको पहिचान मात्र नभई, क्षेत्रीय क्रिकेट विकासको भरपर्दो आधार बनेको छ। कलेजस्तरका विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर उपलब्ध गराउँदै आएको एनआइ कपले तराई–मधेसमा क्रिकेट संस्कृतिलाई मजबुत बनाउँदै लगेको छ।
यस वर्षको संस्करण वीरगञ्जस्थित टीबी शाह ९नारायणी० क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगितामा पर्सा, बारा र मकवानपुरका १० कलेज सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरी खेलाइँदै छ। समूह चरणपछि नकआउट चरणमार्फत उपाधि विजेता तय गरिनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटेक कलेजले बाल एकता बोर्डिङ स्कुललाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ। दोस्रो खेल वीरगञ्ज पब्लिक कलेज र ओम नेशनल एकेडेमीबीच जारी रहेको आयोजकले जनाएको छ। पुस १४ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्येक दिन दुई–दुई खेल हुने तालिका छ।
पर्सा क्रिकेट सङ्घका अध्यक्षसमेत रहेका संस्थापक निर्देशक मनिष सिंहका अनुसार, प्रतियोगिताका सबै खेलहरू ऋचष्अपभत ब्ककयअष्बतष्यल या ल्भउब ि९क्यान० का आधिकारिक नियमअनुसार सञ्चालन भइरहेका छन्। खेललाई थप निष्पक्ष र व्यावसायिक बनाउन राष्ट्रिय स्तरका प्रमाणित अम्पायरहरू खटाइएका छन्।
कलेजस्तरबाटै प्रतिभा पहिचान गर्दै राष्ट्रिय क्रिकेटसम्म पुग्ने बाटो खोल्ने उद्देश्यसहित सुरु गरिएको एनआइ कपले खेलाडीहरूमा आत्मविश्वास बढाउनुका साथै तराई–मधेसमा क्रिकेटप्रतिको आकर्षणलाई नयाँ उचाइमा पुर्याइरहेको छ।