नेपाल सरकार तथा स्वीट सरकारबीच भएको दीपक्षिय सम्झौता अनुसार प्रदेश र स्थानीय सरकारको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी प्रहरीसँग एक दिने अन्तरक्रिया कार्यक्रम आज गेटवे होटलमा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्लाधिकारी विनोदप्रसाद पोख्रेलको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै पीडित पक्षको हकमा जहिले पनि उभिन जरुरी रहेको बताए।

उनले भने अहिले मेनपावर मार्फत वैदेशिक रोजगारमा पठाउने वैधानिक कानुनी मान्यता पाएको तर कानुनले उल्लेख गरे अनुसार दलालहरू अर्थात् एजेन्टहरु नहुने बताए वैदेशिक रोजगारीको लागि पठाइदिन विभिन्न प्रलोभनहरु देखाई राम्रो काममा लगाइदिने आश्वासन दिने र विदेश पुर्याएपछि अर्कै काम लगाउने जस्ता समस्याहरु देखिएकोले त्यस्ता दलाल र एजेन्टहरुलाई कानुनी दायरामा ल्याउन सबै प्रहरी मातहातलाई निर्देशन समेत दिनुभएको छ।
पीडितहरुले आफ्नो प्रमाण नभए पनि कम्तिमा त्यस्ता दलाल एजेन्टलाई प्रहरीले सकभर सम्झाई बुझाई गरेर ल्याउने यदि त्यसो गर्दा नमानेको खण्डमा कानुनी कारबाही अनुसार अगाडि बढाएर पीडितको पक्षमा आफ्नो बफादारी निभाउन निर्देशन समेत दिनुभएको छ।

नेपालमा रोजगारी नभएका कारण नेपाली हरु विभिन्न देशहरुमा रोजगारी गर्न जाने क्रममा धेरै नेपालीहरू ठगिने र ठगिँदै आइरहेकोले त्यस्ता एजेन्टहरुबाट सचेत रहन अहिले जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सामी को कार्यालय स्थापना गरिएकोले जोसुकैले पनि पासपोर्ट बनाएको खण्डमा त्यहाँ एकपल्ट पुगेर परामर्श लिन हामीले निर्देशन समेत दिइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले उक्त अन्तरक्रिया कार्यक्रममा बताएका थिए।
सुरक्षित आप्रवासन सामी कार्यक्रम संयोजक रामाशंकर कुशवाले प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अहिले नेपालीहरू वैदेशिक रोजगारीको लागि ३ लाख २५ हजार १७९ जना गएको तथ्याङ्क सार्वजनिक गर्दै यो नेपालको लागि धेरै दुःखको कुरा रहेको बताए वैदेशिक रोजगारीमा जाने क्रममा अहिले ३३५जना आङभङ भएको तथ्याङ्क सार्वजनिक गर्नुभएको थियो।
उसले भने वैदेशिक रोजगारीको लागि यदि जाने नै हो भने कम्तीमा नेपालमा केही न केही सीपमूलक सिकेर मात्र गएको खण्डमा ठगिनबाट केही जोगिन सकिने धारणा राख्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य वीरगञ्ज महानगरपालिकाका रोजगार संयोजक सुरज कुर्मीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण बीरगंज महानगरपालिकाका मनोसामाजिक परामर्शकर्ता कञ्चन श्रीवास्तवले गर्नुभएको थियो। कार्यक्रममा आप्रवासी स्रोत केन्द्र सूचना तथा परामर्शकर्ता एवं विभिन्न चौकीका प्रहरीहरूको उपस्थित रहेको थियो।