पर्सा निर्वाचन क्षेत्र नं। ३ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसै क्रममा नेकपा ९एमाले० का युवा उम्मेदवार रूपेश कुमार पाण्डेले विभिन्न स्थानमा घरदैलो, जनदर्शन तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्। पछिल्ला दिनहरूमा देखिएको जनसहभागिता र सक्रियताले चुनावी माहोल थप तातिएको छ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार पाण्डे मतदातामाझ विकास, सुशासन र जवाफदेहितालाई मुख्य एजेन्डा बनाउँदै पुगेका छन्। “अब भाषण होइन, परिणाम देखिने काम चाहिन्छ” भन्ने जनआकांक्षालाई आफ्नो चुनावी अभियानको मूल आधार बनाएको उनको भनाइ छ। घरदैलो कार्यक्रमका क्रममा मतदाताले पनि अब काम गर्ने नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेको बताइएको छ।

पकहाँमैनपुर गाउँपालिकामा सम्पन्न घरदैलो तथा जनता दर्शन कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको थियो। कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, सल्लाहकार परिषद् सदस्य शिव पटेल, संविधानसभा सदस्य प्रधुमन चौहान, अखिल नेपाल पिछडावर्ग ९ओबिसी० महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश निषाद, उपाध्यक्ष तथा युवा नेता अकलेश कुमार साह, विजय चौरसिया लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

नेतृत्व तहका नेताहरूको सहभागिताले चुनावी अभियानलाई थप ऊर्जा दिएको कार्यकर्ताहरूको भनाइ छ। स्थानीय तहमा संगठनात्मक सक्रियता बढेसँगै चुनावी प्रतिस्पर्धा झन् रोचक बन्दै गएको राजनीतिक विश्लेषकहरूको अनुमान छ।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा पूर्वाधार निर्माणमा ठोस पहल आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले विकासमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवारप्रति अपेक्षा व्यक्त गरेका छन्।

युवा नेतृत्व, स्पष्ट योजना र पार्टीको केन्द्रीय समर्थनका कारण रूपेश कुमार पाण्डे पर्सा–३ मा प्रभावशाली उम्मेदवारका रूपमा स्थापित हुँदै गएको देखिन्छ। चुनावी प्रतिस्पर्धामा एजेन्डा केन्द्रित बहस बढ्दै जाँदा मतदाता पनि परिणाममुखी नेतृत्वको पक्षमा आकर्षित हुने संकेत देखिएको छ। फागुन २१ गते हुने मतदानका लागि विभिन्न राजनीतिक दलहरूले आ–आफ्नो तयारी तीव्र बनाइरहेका छन्।