वडा नम्बर १३ मा आज विभिन्न पार्टी परित्याग गरी २०० जना भन्दा धेरै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पर्सा क्षेत्र नम्बर १ बाट सांसदका उम्मेदवार अनिल रुङटाको प्रमुख आतिथ्यमा उक्त पार्टी प्रवेश एवं अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
प्रमुख अतिथि सांसदका उम्मेदवार रुङटाले अब नेपाली जनताहरूलाई झुक्याएर मत लिने दिन गए। सचेत नागरिक भएर आफ्नो मतलाई सदुपयोग गर्दै अब आश्वासन र भरोसाको भरमा मत दिन नहुने सांसदका उम्मेदवार रुङटाले पार्टी प्रवेश कार्यक्रममा बताएका हुन्।
पटकपटक सांसद र मन्त्री भएर पनि पर्सा जिल्लालाई शिक्षा स्वास्थ्य र दीर्घकालीन रोजगारी एवं पूर्वाधारहरू निर्माण गर्नमा खासै परिवर्तन गर्न नसकेकोमा दुःख व्यक्त गर्दै अब समृद्धि सुशासन तथा विकासप्रेमी उम्मेदवारलाई मत दिन आवश्यक रहेको सांसदका उम्मेदवार रुङटाले नवप्रवेशी युवा तथा महिलाहरूलाई आग्रह गर्नुभएको थियो।
वर्षा क्षेत्र नम्बर १ बाट सांसद भएकाहरू अहिले पनि विभिन्न मञ्चहरुमा जनताहरूको लागि यो काम गरे त्यो काम भयो भनेर जनताहरुलाई झुटो आश्वासन दिने काम मात्र गरिरहेकोले त्यस्तो झुटो आश्वासनको पछाडि नलाग्न मतदाताहरूलाई अपिल गरेका छन्।
उनले भने आफ्नो स्पष्ट योजना नीति रहेको बताउँदै पर्सा जिल्लाका जनताहरुलाई झुटो आश्वासन दिने काम मात्र भएको छ अब झुटो आश्वासन दिएर जनतालाई धेरै भुलाउन नहुने यसपटक पर्साबासीले प्रतिनिधिसभा सदस्य परिवर्तन गर्न जरुरी रहेको सांसदका उम्मेदवार रुङटाको भनाइ रहेको छ। नेपाली कांग्रेसका १३ नम्बरकाबुथ सभापति कवीर अन्सारीको सभापतित्वमा बृहत पार्टी प्रवेश एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
पार्टी प्रवेश कार्यक्रममा एक नम्बर क्षेत्रीय सभापति अरविन गुप्ता नेपाली कांग्रेसका उपसभापति रामनारायण कुर्मी प्रदेश सदस्य मोहम्मद ताज अलि अन्सारी महाधिवेशन प्रतिनिधि दिनेश पन्त मिन्टु सिंह।
मनोजा चौधरी थारु जितेन्द्र पुरुष ढकाल वडा नम्बर १३ का महिला नेत्री निर्मला देवी सिंह प्रत्याशी रुस्तम शेख लगायतले आआफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण वडा नम्बर ११ का बुथ सभापति मनोज महतोले गर्नुभएको थियो।