बीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा रहेको मनकामना बोर्डिङ स्कुलको २७ औँ वार्षिक उत्सव आज एक समारोहको बीच भव्य रुपमा सम्पन्न भएको छ।
मनकामना बोर्डिङ स्कुलका सञ्चालक एवं प्रिन्सिपल पुरन प्रधानको सभापतित्व तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन बीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा उक्त सत्ताइसौँ वार्षिकोत्सव समारोह सम्पन्न भएको हो।
वार्षिक उत्सव समारोहमा प्रमुख अतिथि प्याप्सन महानगर अध्यक्ष श्रीवास्त र डाइरेक्टर पुरन प्रधान सञ्चालिका संगीता प्रधान सहायक प्रिन्सिपल सुनिल यादव संगीता श्रेष्ठ लगायतले संयुक्त रूपमा केक काटेर उद्घाटन गर्नुभएको थियो।
उद्घाटन समारोहमा प्रमुख अतिथि प्याप्सन महानगर अध्यक्ष श्रीवास्तवले विद्यार्थीहरूको जीवन लाई उच्च शिक्षा दिनेदेखि अन्य संस्कार संस्कृतिका कुराहरूमा शिक्षक शिक्षिकाहरूले देखाएको मानसम्मानलाई सधैं सम्झिरहनुपर्ने बताएका हुन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सिकेका ज्ञान सीपहरूलाई व्यवहारमा उतार्दै समाज राष्ट्र निर्माणमा लाग्दै आफ्ना अभिभावकहरूको इच्छा आकांक्षा पूरा गर्न जरुरी रहेको महानगर अध्यक्ष श्रीवास्तवले बताएका थिए।
विद्यालयले सिकाएका संस्कार र संस्कृतिलाई आफ्ना शिक्षक शिक्षिकाहरुलाई सम्मान र इज्जत गर्दै आफूले पनि इज्जत संस्कार बनाएको खण्डमा समाजमा उचित इज्जत पाउने र त्यसले आफ्नो भविष्य निर्धारण गर्नमा ठूलो मद्दत पुग्ने धारणा समेत भएको थियो।
त्यसैगरी झन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक एवं जगत समाचारका सञ्चालक जगत राईले विद्यार्थीहरूलाई शिक्षक शिक्षिकाहरुले जसरी हातमा कलम र कपी समातेर सिकाउने ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आफ्नो भविष्य निर्माण गर्दै आफ्ना अभिभावकहरूको चाहना पूरा गर्नमा कुनै पनि कसर बाँकी नराख्न सुझाव दिनु भएको थियो ।
उनले भने विद्यार्थीहरूको जीवनमा राम्रो संस्कार र संस्कृति अङ्गललाई कुलतबाट टाढा रही आफ्नो जीवन यापन गरेको खण्डमा समाजले उसलाई सम्मान तथा इज्जत गर्ने भएकोले यस्ता कुलतमा नलाग्न सुझाव दिनुभएको थियो।
मनकामना बोर्डिङ स्कुलले यतिका वर्षसम्म विभिन्न आरोह र आरोहण पार गर्दै २७ वर्ष आफ्नो वार्षिक उत्सव मनाइरहँदा यहाँबाट उत्पादन भएका विद्यार्थीहरू अहिले विभिन्न क्षेत्रमा आफ्नो कर्मथलो बनाउन सफल भएकोमा आफूहरू पनि त्यस्तै सफल नेतृत्व दायीमा पुग्न शुभकामना दिनु भएको थियो।
कार्यक्रमको समापन समारोहमा मनकामना बोर्डिङ स्कुलका सञ्चालक एवं प्रिन्सिपल पुरन प्रधानले विद्यार्थीहरूले यस विद्यालयमा सिकिरहेका राम्रो पक्षहरूलाई आत्मसाथ गर्दै अगाडि बढेको खण्डमा आफ्नो भविष्य निश्चित हुने भएकोले आफ्ना शिक्षक शिक्षिकाहरुबाट पाएका ज्ञान र शिपलाई व्यवहारमा उतारेर विद्यालयको नाम उचाइमा राख्न सुझाव समेत दिनुभएको थियो।
उत्सव समारोहमा मनकामना बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल सुनिल थापा शिक्षिका संगीता श्रेष्ठ सविहा प्रवीन रञ्जना चौधरी दीपिका सिंह एजाज अख्तर सहित शेष तथा शिक्षक शिक्षिकाहरू विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भने नर्सरी एलकेजी युकेजीका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। भने विभिन्न मितिमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो। कार्यक्रमको स्वागत मन्तव्य कक्षा ९ का रिभा श्रेष्ठले थिइन् भने कक्षा ६ का विद्यार्थीहरू सहजीकरण एलिसा यादव र तुभा प्रवीनले गरेकी थिइन्।