मधेस प्रदेश सरकारअन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुर धनुषा नेपालको आयोजना तथा हेल्वेटास नेपालको सहयोगमा औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship Training) का लागि पाठ्यक्रम निर्माणका लागि विषयवस्तु पहिचान, छलफल तथा गोष्ठी सम्पन्न भएको छ।
बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा गौतमले यस्ता तालिमले मजदुर तथा उधोग दुबै पक्षलाई केही उपलब्धि हुने बताएका छन् । स्थानीय होटल मकालुमा सम्पन्न सो कार्यक्रममा गौतमले सिपमुलक तालिम प्राप्तले उत्पादनसंग रोजगारी गर्ने मजदुरलाई पनि धेरै फाइदा हुने भएकोले उधोग वाणिज्य संघको तर्फबाट गर्नुपर्ने सहयोग जारी रहने गौतमले बताएका छन् ।कार्यक्रममा कलैया उधोग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह, एन प्याब्सनका अध्यक्ष राम श्रेष्ठ, एनपीएलका संचालक अरबिन्द आमात्य, बीरगंज उधोग वाणिज्य संघका मनोज उपाध्याय, औषधी डिपार्टमेन्ट तथा विभिन्न बिषयगतका इलेक्ट्रिकल, इलेक्ट्रोनिक, सिभिल, मेक्सिकनसंग आबद्ध भएका ब्यक्तिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा मधेस प्रदेशभित्र औद्योगिक विकास, श्रम बजारको आवश्यकता, युवाहरूको सीप विकास तथा रोजगारीसँग सम्बन्धित सवालहरूमा गहन छलफल गरिएको थियो। गोष्ठीको मुख्य उद्देश्य औद्योगिक तालिम प्रणालीलाई व्यवहारिक, सान्दर्भिक र उद्योगमै आधारित बनाउँदै पाठ्यक्रम निर्माणको प्रारम्भिक खाका तयार गर्नु रहेको थियो।
कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका शिक्षा विज्ञ, औद्योगिक क्षेत्रका प्रतिनिधिहरू, सीप तालिम प्रदायक संस्था, रोजगार सेवासँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। शिक्षा तथा संस्कृति मन्त्रालयका प्रतिनिधिले तालिम प्रणालीलाई श्रम बजारमै आधारित बनाई उद्योग र तालिम प्रदायक संस्थाबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए। हेल्वेटास नेपालका प्रतिनिधिले नेपालमा चलिरहेका सफल अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण प्रस्तुत गर्दै प्रदेशको सन्दर्भमा उपयुक्त मोडेल विकास गर्न सहयोग गरिने प्रतिबद्धता जनाए।
गोष्ठीमा सहभागी विज्ञहरूले प्रदेशभित्रका मुख्य उद्योगहरू ९जस्तै कपडा, कृषि–प्रसोधन, निर्माण, सवारी मर्मत आदि० मा तालिमको आवश्यकता रहेको र तिनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूका अनुसार पाठ्यक्रमले औद्योगिक आवश्यकताअनुसार सैद्धान्तिक र व्यवहारिक दुवै पक्षलाई समेट्नुपर्छ भन्नेमा जोड दिएका छन्।
कार्यक्रमको अन्त्यमा सहभागीहरूको सिफारिस तथा सुझावको आधारमा पाठ्यक्रम निर्माणको प्रारम्भिक रूपरेखा तय गर्ने र आगामी चरणमा प्राविधिक समितिमार्फत मस्यौदा तयार पार्ने निर्णय गरिएको छ। यस किसिमका छलफल तथा गोष्ठीले प्रदेशमा औद्योगिक तालिम प्रणाली विकास गर्न थप टेवा पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमको स्वागत सन्तोष अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको उदेश्य बारेमा मधेस प्रविधि अफिसर बलबहादुर पौडेलले गर्नुभएको थियो ।